५ वर्षपछि शाहरुख खानको ठूलो पर्दामा कमब्याक, पठानको टिजरले फ्यानहरु उत्साहित
काठमाडौं। बलिउडका किंग खान अर्थात शाहरुख खान ५ वर्षपछि ठूलो पर्दामा फर्किने भएका छन् । उनको बहुप्रतिक्षित फिल्म पठानको टिजर रिलिज भएको छ । टिजर रिलिज भएसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म अर्को वर्ष २०२३ को जनवरी २५ मा रिलिज हुँदैछ । २०२३ मा शाहरुख ठूलो पर्दाका देखिएको ५ वर्ष पुग्नेछ किनकि २०१८ मा आएको फिल्म जीरोपछि शाहरुखका कुनै फिल्म आएका छैनन् ।
View this post on Instagram
टिजरसँगै रिलिज मिति सार्वजनिक गरिएपछि सामाजिक संजालमा फ्यानहरु निकै उत्साहित छन् । टिजरमा शाहरुख खानको धमिलो झलक मात्रै देखाइएको छ तर यही झलकले पनि फ्यानहरु खुसी छन् । ट्वीटरमा शाहरुख खान, किंग खान र पठान ह्याशट्याग ट्रेण्ड गरिरहेका छन् । यो फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा हुनेछन् । यसअघि शाहरुख २०१८ मा फिल्म जीरोमा देखिएका थिए जसमा कट्रिना कैफ र अनुष्का शर्मा उनको साथमा थिए ।







डिसी नेपाल








Facebook Comment