तीन कम्पनीको ९५ लाख ९९ हजार ९२०.९६३९ कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको ९५ लाख ९९ हजार ९२०.९६३९ कित्ता बोनस सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा सेञ्चुरी कमर्सियल बैंक, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन्।
सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ९४ हजार ७९६.९६३९ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।
सूर्या लाइफ इन्स्योरेन्सको २८ लाख ७३ हजार ८७६ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १२.७० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।
यता, प्रिमियर इन्स्योरेन्सको १५ लाख ३१ हजार २४८ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।







डिसी नेपाल








Facebook Comment