पाँच सयले घट्यो सुनको मूल्य, तोलको कति पुग्यो ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला ९९ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको छापावाला सुन ५ सयले घटेर प्रति तोला ९९ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment