बाँके कांग्रेसमा नयाँ नेतृत्वका लागि मतदान हुँदै

डिसी नेपाल
१९ फागुन २०७८ १२:२८
84
Shares

बाँके । नेपाली कांग्रेस बाँके जिल्लाको नयाँ नेतृत्वका लागि नेपालगञ्जमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चुन्न आज बिहान ९ः१५ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार निर्वाचनमा एक हजार ४९३ मतदाता छन् । सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज मतदान भइरहेको छ । अपराह्न ४ बजेसम्म मतदान चल्नेछ ।

सभापतिमा तीन, उपसभापति, सचिव र सहसचिवमा चार/चार उम्मेदवार प्रतिस्पर्धामा छन् । सभापतिका लागि नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल र बादशाह कुर्मी प्रतिस्पर्धामा रहेका छन् । पार्टीको विधानअनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मतदानलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शाहीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.