राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्म जान्छः माओवादी नेता गुरुङ

डिसी नेपाल
१९ फागुन २०७८ १५:२४
92
Shares

काठमाडौं। माओवादी केन्द्र संसदीय दलका नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताएका छन्।

बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा र भविष्यबारे छलफल भएको उनको भनाइ छ। ‘अन्य कुनै दुर्घटना भएन भने सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै लम्बिन सक्छ,’ उनले भने।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी आवद्ध सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै जाने कि नजाने भन्नेबारे बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकमा छलफल भएको उनले बताए।

बैठकले चारै दलले आ-आफ्नो पार्टीभित्र छलफल गरेर मात्रै पछि सत्ता गठबन्धनले निर्णय लिने निष्कर्ष निकालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.