ईशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण

डिसी नेपाल
१९ फागुन २०७८ २२:०३
28
Shares

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका- ७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेलालाई मध्यनजर गर्दै १ सय ८ धारा निर्माण गरिएको छ ।  मन्दिर परिसरमा १ सय ८ वटा ढुंगाको धारा निर्माण गरिएको ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । समितिका अध्यक्ष रामचन्द्र घिमिरेका अनुसार यसै बर्षको शिवरात्रीदेखि धारा संचालनमा आएको हो ।

मध्यनेपाल नगरपालिका र स्थानीयबासीको सहयोगमा धारा निर्माण भएको हो । धाराका लागि स्थानीयले ५० हजार देखि १ लाख ११ हजार १ सय ११ रुपियाँसम्म सहयोग गरेका छन् । १ सय ८ जनाले आफ्नो र परिवारको नाममा धारा निर्माण गरेका छन् ।

शिलालेखमा एकल नाम राख्नेले ५० हजार, श्रीमानश्रीमतिको नाम राख्न चाहनेले ७५ हजार रुपियाँ र परिवारको नाम शिलालेखमा राख्न चाहनेले  १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छन् । आधा रकम उठ्न बाँकी रहेको समितिले जनाएको छ । उक्त रकमबाट भक्तपुरबाट ढुंगा ल्याएर धारा निर्माण, जग्गा खरिद, मन्दिर व्यवस्थापनको काम गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.