माओवादीको केन्द्रीय समिति बैठक जारी, नारायणकाजी श्रेष्ठ पनि सहभागी
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। राष्ट्रिय सभा गृहमा बैठक सुरु भएको केन्द्रीय सदस्य पूर्ण कुमारी सुवेदीले जानकारी दिइन्।
यसअघि बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक नेताहरुको आन्तरिक छलफलको कारण साढे दुई घण्टा ढिला गरी सुरु भएको हो। बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ । ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय समितिलाई दिएको छ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरुबीच खटपट भएको छ। नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरुले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन्।
बैठकमा नेता श्रेष्ठ पनि सहभागी भएको नेतृ अन्जना बिशंखेले जानकारी दिइन्। आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ।







डिसी नेपाल








Facebook Comment