आज प्रतिनिधिसभा बैठक, त्यसअघि कार्यव्यवस्था समितिकाे बैठक

डिसी नेपाल
२२ फागुन २०७८ ७:२४

काठमाडौं। प्रतिनिधिसभाकाे बैठक आज आइतबार दिउँसाे बस्दैछ। दिउँसाे १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ। जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन्।

संसद बैठक अघि सभामुख अग्नि सापकाेटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बाेलाएका छन्। प्रमुख प्रतिपक्ष एमालेले गत २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.