दीपेन्द्रको अर्धशतकमा नेपालले श्रीलंका नेभीलाई दियो १९७ रनको लक्ष्य

डिसी नेपाल
२४ फागुन २०७८ १४:०६
196
Shares

काठमाडौं। अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले मंगलबार दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३ ओभर तीन बलमा सबै विकेट गुमाउँदै १९६ रनको योगफल तयार पारेको हो।

नेपालका लागि दीपेन्द्रले सर्वाधिक ६३ रन जोड्दा भीम सार्कीले २८, विवेक यादवले २६ र पवन सराफले २२ जोडे। त्यस्तै कप्तान सन्दीप लामिछानेले अविजित १४ रन जोडे। यसअघि पहिलो खेलमा नेपाल १११ रनले विजयी भएको थियो।

नेपालले ११ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्ने छ। नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *