नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड

डिसी नेपाल
२४ फागुन २०७८ १७:०१
92
Shares

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बाँडफाँड गरेको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज साधारण शेयरको बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता साधारण शेयरमा दरखास्त आह्वान गरेको थियो ।

बिक्री प्रबन्धककानुसार आईपिओमा कूल २५ लाख २७ हजार १०१ जनाले आवेदन दिएका थिए । त्यसमा चार हजार १४६ जनाको आवेदन रद्द भई बाँकी २५ लाख २२ हजार ९५५ योग्य आवेदकमध्ये ७७ हजार ४५६ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत शेयर बाँडिएको हो ।

बाँकी तीन कित्ता शेयर २० कित्ताभन्दा धेरै आवेदन दिनेलाई एकएक कित्ताका दरले बाँडिएको क्यापिटलले जनाएको छ । कम्पनीले निष्काशन गरेको साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत (४१ हजार ४३७) कित्ता सामूहिक लगानी कोषलाई, जारी पूँजी(रु २५ करोड ५० लाख)को शून्य दशमलव पाँच प्रतिशत (१२ हजार ७५०)कित्ता शेयर कर्मचारीलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले गत फागुन ११ गतेदेखि १५ सम्म आवेदन दिएका थिए । बाँडफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट (मेरो शेयर) मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.