कांग्रेस धनुषा सभापति दोस्रो चरणको मतदान हुने
जनकपुरधाम। नेपाली कांग्रेस धनुषाको जिल्ला सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ। पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।
विभिन्न तीन उम्मेदवारमध्ये कांग्रेस नेता विमलेन्द्र निधि निकट योगेन्द्र पजियार सर्वाधिक मत १ हजार २४८, संस्थापन पक्षका सन्तोषकुमार यादव ८८३ र कोइराला समूहका दिनेशप्रसाद प्रसैला यादवले ६३० मत ल्याएका छन्। कुल मत २ हजार ९१२ मत खसेकोमा १५१ मत बदर भएको कांग्रेसका जिल्ला निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको पार्टी विधान अनुसार सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेकोले दोस्रो चरणमा सर्वाधिक मत ल्याउने पजियार र दोस्रो बढी मत ल्याउन सन्तोषकुमार यादवबीच पुनः मतदान हुने छ भने दोस्रो चरणको मतदानबाट बाहिरिएका छन्।
निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनको समय समेत तोकेको छ। निर्वाचन समितिका सदस्य रामगुलाम कर्णका अनुसार दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ८ बेजेदेखि ११ बजे सम्मको समय तोकिएको बताए।







डिसी नेपाल








Facebook Comment