‘परदेशी–२’को फस्टलुक पोष्टर सार्वजनिक, चलचित्र दशैंमा आउने
काठमाडौं । बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘परदेशी –२’ आउँदो दशैंमा प्रदर्शनमा आउने भएको छ ।
नारायण ईन्टरनेशनल प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्र आगामी विजयादशमीमा प्रदर्शनमा आउने भएको हो । राजेश वंशल र नारायण रायमाझी निर्माता रहेको चलचित्रको बुधबार फष्र्टलुक पोष्टर सार्वजनिक गर्दै चलचित्र दशैंमा प्रदर्शन गर्ने घोषणा गरिएको हो ।
सार्वजनिक पोष्टरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा शिवाकोटीलाई प्रस्तुत गरिएको छ ।
‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई अझ बढी सम्झन्छन । र, यो चलचित्र परदेशीकै कथा–ब्यथा भएकाले प्रदर्शनका लागि दशैंलाई रोज्नुपरेको हो’– निर्माता राजेश वंशलले भने ।
रमेश बि.जी.को कथा रहेको चलचित्रमा प्रकाश, दीलिप, प्रशान्त, केकी र वर्षाका साथमा नीर शाह, सुशिल पोख्रेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

अत्यन्तै प्रतिकूल समयमा पनि दर्शकको अत्याधिक माया पाएका ‘गोर्खापल्टन’ र ‘परदेशी’ चलचित्रपछि नारायण ईन्टरनेशनल प्रा.लिको ब्यानरमा ‘परदेशी –२’ निर्माण भएको हो ।
‘विगतका चलचित्रमा देखिएका तर दर्शकको मायाले छोपिएका प्राविधिक, सांगीतिक लगायतका कमीकमजोरीहरुलाई समेत यो चलचित्रमा मसिनोगरी केलाउन पाएका छौं’ निर्देशक रायमाझीले भने, ‘त्यसैले बिगतका दुई चलचित्रहरुको दाँजोमा ‘परदेशी –२’ अझ राम्रो, नेपाली दर्शकले आत्मसाथ गर्ने चलचित्र बनेको छ ।’
बि.बि. अनुरागीको संगीत, गोबिन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रका गीतमा नारायण रायमाझी, प्रशान्त तामाङ्ग, निशान भट्टराई, प्रताप दास, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटा लगायतले स्वर दिएका छन् ।
सुदिप कुँवरको सह–निर्देशन रहेको चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध, मानकृष्ण महर्जनको छायाँकन तथा दीर्घ खड्काको सम्पादन छ । चलचित्रमा ईश्वर घिमिरे÷रामहरी डंगोलको पोष्ट प्रोडक्सन, मनोज श्रेष्ठको भि.एफ.एक्स, राजेन्द्र मोक्तानको कलर, श्यामश्वेत रसाईलीको गीत तथा साउण्ड मिक्सिङ्ग छ ।







डिसी नेपाल








Facebook Comment