ललितपुरकाे गोदावरी सम्मेलन केन्द्रमा माओवादीको राजनीतिक वैचारिक प्रशिक्षण

डिसी नेपाल
२५ फागुन २०७८ १४:१८
52
Shares

काठमाडौं। माओवादी केन्द्र बागमती प्रदेश समितिले ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

बुधबार दिउँसो सुरु भएको प्रशिक्षण कार्यक्रममा माओवादी बागमती प्रदेश समितिका सदस्य तथा विभिन्न भ्रातृसंगठनका नेताहरू सहभागी छन्।

प्रशिक्षण कार्यक्रमको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका हुन्। प्रशिक्षण कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेललगायत सहभागी छन्।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.