कांग्रेसको अपमानजनक ब्यवहार सह्य हुन्नः प्रचण्ड

डिसी नेपाल
२५ फागुन २०७८ १८:१६
1.2k
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कांग्रेसले आफूहरुलाई गरिरहेको अपमानजनक व्यबहार सह्य नहुने चेतावनी दिएका छन् । आज बाग्मती प्रदेश स्तरिय कार्यकर्ता भेलालाई ललीतपुरको गोदावरीमा संबोधन गर्ने क्रममा अपमान सहन नसकिने बताएका हुन् । माओवादीकै कारण सरकार सञ्चालन गर्ने अबस्थामा पुगेको कांग्रेसलाई अपमान गर्ने नैतिकता नभएको उनको जिकिर छ ।

‘हामीले प्रधानमन्त्री बनार्याैं अहिले हाम्रै अपमान गर्दै हिड्ने काम केही कांग्रेसी नेताहरुले गरिरहेका छन् यो स्वीकार्य छैन’ उनले भने,‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० सिट तल हो । त्यहीँ पार्टीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ।’माओवादीकै कारण प्रधानमन्त्री हुने अबसर पाएको कांग्रेसले गरेको अपमान असह्य भएको उनको भनाई छ ।

केही दिन अघि विराटनगरमा आयोजित कार्यक्रममा काँग्रेस संस्थापनइतरका नेताहरुले माओवादी र नेकपा एकीकृत समाजवादीलाई चमेरोको संज्ञा दिँदै हात्तीको कानमा ओत लाग्न खोजेको आरोप लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.