रुसले युक्रेनमा ‘रासायनिक अस्त्र’ प्रयोग गर्न सक्ने अमेरिकाको दाबी
बीबीसी। युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने ह्वाइट हाउसले दाबी गरेको छ। ह्वाइट हाउसले त्यस्तो हुनसक्ने भन्दै “हामी सबै सतर्क हुनुपर्छ” समेत भनेको छ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले युक्रेनमा अमेरिकी जैविक अस्त्र प्रयोगशाला रहेको र युक्रेनमा रासायनिक अस्त्र विकास भएको भन्ने रुसी दाबी “अनर्गल” भएको बताएकी छन्।
उनले ती झूटा दाबीहरू थप पूर्वनियोजित र अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने प्रयास गर्न रुसले चालेको “स्पष्ट चाल” भएको पनि बताएकी छन्। उनको जस्तै अन्य पश्चिमा अधिकारीहरूले पनि रुस र युक्रेनबीचको युद्ध तीव्र रूपमा बढ्ने जोखिमबारे आफूहरू “निकै चिन्तित” रहेको बताएका छन्।
विशेषगरी रुसले गैर-परम्परागत अर्थात् ‘नन्-कन्भेन्सनल’ अस्त्रहरू प्रयोग गर्ने सम्भावनालाई लिएर आफूहरू चिन्तित बनेको उनीहरूको भनाइ छ। त्यसले सम्भवतः रासायनिक अस्त्रहरूलाई जनाउँछ, तर उक्त शब्दले सानो स्तरका रणनीतिक परमाणु अस्त्र, बायलोजिकल अर्थात् जैविक अस्त्रहरू र डर्टी बम भनिने विकिरणयुक्त हतियारहरूलाई पनि बुझाउँछ। “हामीलाई चिन्तित बनाउने उपयुक्त कारण छ,” एक पश्चिमी अधिकारीले भने।
We took note of Russia’s false claims about alleged U.S. biological weapons labs and chemical weapons development in Ukraine. We’ve also seen Chinese officials echo these conspiracy theories.
— Jen Psaki (@PressSec) March 9, 2022
यो आंशिक रूपमा रूस संलग्न भएका अन्य द्वन्द्वग्रस्त स्थानहरूमा देखिएका गतिविधिका कारण पनि आफूहरूलाई त्यस्तो लागेको उनीहरूको भनाइ छ। विशेषगरी सिरियामा रुसी साझेदारले रासायनिक अस्त्र प्रयोग गरेका थिए। बुधवार ब्रिटिश रक्षा मन्त्रालयले एउटा ट्वीटमा रुसले युक्रेनमा थर्मोबरिक रकेटहरू प्रयोग गरेको जनाएको थियो। त्यस्ता रकेटहरूलाई भ्याकुम बम पनि भनिन्छ किनभने त्यस्ता रकेटले वरपरको हावाबाट अक्सिजन सोस्छन् र उच्च तापसहितको विस्फोटन गराउँछन्।
त्यसल गर्दा ती रकेटलाई समान आकारका परम्परागत विस्फोटकभन्दा बढी विनाशकारी बनाउँछ र त्यस्ता विस्फोटनमा परेका मानिसहरूमा भयानक प्रभाव पार्न सक्छ। रुसबाट आएका केही गलत सूचनासहितका दाबीहरूले पनि पश्चिमाहरूमा त्यस्तो चिन्ता बढाएको हो। रुसले युक्रेनी भूमीमा रासायनिक अस्त्र बनिरहेको झूटो दाबी गरेको थियो। ब्रिटेनस्थित रुसी दूतावासले रुसी विदेश मन्त्रालयकी प्रवक्ताले गरेको त्यस्तो दाबीलाई सार्वजनिक गरेको थियो।
उक्त दाबीमा “हालै पाइएका कागजातहरूले” युक्रेनी प्रयोगशालाहरूमा जैविक हतियारका तत्त्वहरू बनेको देखाएको जनाइएको थियो। त्यसका लागि अमेरिकी रक्षा मन्त्रालयले सहयोग गरेको पनि दाबी उनको थियो।
रुसी अधिकारीहरू र सञ्चारमाध्यमले पनि हालै युक्रेनले डर्टी बम भनिने विकिरणयुक्त पदार्थ फ्याक्ने अस्त्र निर्माणको योजना बनाइरहेको दाबी पनि गरेका छन्। त्यस्तै रुसी विदेश मन्त्रीले युक्रेनले पारमाणविक अस्त्र खोज्दै आएको दाबी गरेका थिए।
कतिपय मस्कोले आफ्ना जनतालाई किन आफूले युक्रेनमा हमला गर्नुपर्यो भन्ने औचित्य देखाउन त्यस्तो दाबी गरिरहेको ठान्छन्। तर पश्चिमा अधिकारीहरू त्यसलाई “फल्स फ्ल्याग” घटनाहरूमा प्रयोग गर्ने आधार बनाइएको हुन सक्ने कुरामा चिन्तित छन्। उदाहरणका लागि रुसले युक्रेनी फौज वा युक्रेनबाट पहिले कुनै पनि गैर-परम्परागत अस्त्रको प्रहार भएको दाबी गर्नसक्छ।
त्यसले रुसलाई पनि त्यस्ता अस्त्र प्रयोग गर्ने औचित्य साबित गर्ने बल दिनसक्छ। सिरियामा त्यस्ता अस्त्र प्रयोग हुँदा पनि रुसबाट अहिलेकै जस्ता दाबीहरू आएको पश्चिमा अधिकारीहरू बताउँछन्। “अन्य सङ्केतहरू पनि रहेका छन्,” उनीहरू सम्भवतः कुनै प्रकारका गुप्तचरी सूचनाका आधारमा उनीहरूले भने।
त्यो गम्भीर चिन्ताको विषय भएको पनि उनीहरूको भनाइ छ। रुसी साझेदार बसर अल-असदको सिरियाली सरकारले विभिन्न समयमा रासायनिक हतियार प्रयोग गरेको पाइएको थियो। रुसमाथि आफ्ना विपक्षीहरूलाई विष दिएर हत्या गरेको हत्याको प्रयास गरेको आरोप पनि लाग्दै आएको छ। रासायनिक अस्त्र प्रयोगलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले प्रतिबन्धित गरेको छ।







डिसी नेपाल








Facebook Comment