प्रेस चौतारीको महाधिवेशन भाेलिदेखि, कार्यतालिका सार्वजनिक

डिसी नेपाल
२६ फागुन २०७८ ९:१७
40
Shares

पाेखरा। प्रेस चौतारी नेपालको नवाैं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पाेखरामा हुँदैछ । शनिबारसम्म चल्ने महाधिवेशनकाे पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताकाे तालिका छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएकाे छ ।

शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेकाे छ भने शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ । शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएकाे छ ।

२०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेकाे हाे । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने आयोजकको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.