ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२६ फागुन २०७८ ११:२३
4.9k
Shares

काठमाडौँ। नेपाली बजारमा लगातार बढी रहेको सुनको मूल्य आज घटेको छ। बिहिबार सुनको मूल्य प्रति तोला एक लाख दुई हजार रुपैयाँ कायम भएको छ।

बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको सुनको मूल्य आज ३ हजार ५ सय रुपैयाँले घट्दा १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्यमा पनि प्रतितोलमा ४५ रुपैयाँको दरले घटेको छ । बुधबार एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४०५ रुपैयाँमा निर्धारण भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.