मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध छः मन्त्री भुसाल

डिसी नेपाल
२७ फागुन २०७८ २०:३५
24
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकि छिन् । गोदावरी नगरपालिकाको छैठौं स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उदघाटनका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उनले महङ्गीले दैनिक भान्छा चलाउन कठिनाई भएको प्रसङग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताईन् । सो नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उनको भनाइ थियो । सांसद नवराज सिलवालले सो क्षेत्र विकास निर्माणका हिसाबले काठमाडौँ उपत्यकाको कर्णालीका रुपमा रहेको बताउँदै सरकारले उक्त ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताए ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा सो नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराए । सो क्षेत्र भित्रिने सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गरे ।

उपप्रमुख मुना अधिकारीले अब आफूहरुले एकै भवनबाट सबै सेवा दिन सफल भएकोमा खुसी व्यक्त गेरिन् । उक्त कार्यक्रममा १४ वडाध्यक्षलगायत कार्यापालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो । सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको सो भवन वज्रवाराही माविले उपलब्ध गराएको जमिनमा बनेको छ । भवन निर्माणका लागि हालसम्म लगभग रु २५ करोड रकम खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.