मनाङमा कांग्रेसको चुनावी अभियान सुरु

डिसी नेपाल
२८ फागुन २०७८ ११:१२
44
Shares

मनाङ। नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ । पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ कांग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान शुक्रबारदेखि सुरु भएको हो ।

अभियानको केन्द्रीय सदस्य गणेश लामाले शुभारम्भ गर्दै पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्ने बताए। केन्द्रीय सदस्य लामा भन्छन्, “पार्टीभित्र भएका मतभेद बिर्सौ, एकताबद्ध भएर हामी अगाडि बढ्नुपर्छ । हिमाली जिल्ला मनाङबाट कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्छ ।”

पार्टीका जिल्ला सभापति शङ्कर गुरुङले चुनावी अभियानका लागि अब गाउँमै व्यस्त हुनुपर्नेमा जोड दिएका छन्। गुरुङ भन्छन्, “स्थानीय चुनावको तयारीकै लागि गाउँ केन्द्रित भएका छौँ, गाउँमा उत्साह छ, सुशासन प्रवद्र्धन हुन्छ भन्ने आशा आम नागरिकमा बढेको छ ।” कार्यक्रममा कांग्रेस नेता टेकबहादुर गुरुङ, पाल्टेन गुरुङ, कोमलबहादुर घले तथा कर्मा गुरुङले पार्टीको निर्णय स्वीकार गरेर कांग्रेसलाई जिताउनेतर्फ लाग्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.