दुई तिहाइको सरकारले अवसर सदुपयोग नगर्दा सबैले दुःख पाएः कांग्रेस नेता सिंह

डिसी नेपाल
२८ फागुन २०७८ १६:०८
48
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली समाजलाई अगाडि बढाउन शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने बताएका छन् । राजनीतिक पार्टीहरूले सबै विकासका गतिविधिलाई ‘ओभर पोलिटिसाइज’ नगरी प्रजातान्त्रिक विधिसम्वत तरीकाले कार्य गर्नु पर्ने बताएका छन् ।

काभ्रे बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई धुलिखेलमा शनिबार सम्बोधन गर्दै सम्पूर्ण राजनीतिक पार्टीहरुले भाषणबाजी मात्र नभई शिक्षा, उद्योग जस्तो समाज रुपान्तरणका प्रमुख क्षेत्रको विकासमा गति दिने काम गरेर देखाउनु पर्ने उनले बताएका छन् । उनले अबको दिन भनेको आइटी र फाइनान्सको रहेको बताउँदै शिक्षा क्षेत्रले यसमा ध्यान दिए मात्र देश विकासमा टेवा पुग्ने बताए ।

एक फरक प्रसंगमा उनले संविधान सभाबाट संविधान जारी गर्न फेल भएका नेतृत्वलाई पुनः दुई तिहाई मत दिएर नेतृत्व सुम्पिदा देशमा संघीयता संस्थागत हुन नसकेको बताए । संविधान जारी भएपछि बनेको दुई तिहाइको सरकारले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालको प्रदेश सरकार साथै प्रहरी, प्रशासनिक क्षेत्रले धेरै दुःख झेल्न बाध्य भएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.