प्रेस चाैतारीकाे अध्यक्षमा बस्नेत

डिसी नेपाल
२९ फागुन २०७८ ९:३८
32
Shares

पोखरा। नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै रोजाईमा बस्नेत फेरि अध्यक्ष बनेका हुन्।

ओलीले उद्घाटन समारोहमै बस्नेतलाई दोहोर्‍याउने संकेत गरेका थिए। ‘अहिलेको कमिटीले राम्रोसँग काम गर्न पाएको छैन। त्यसका धेरै कारण छन्,’ ओलीले भनेका थिए, ‘यहाँबाट साथीहरुले एकताको सन्देश दिनुहुनेछ। मिलेर कमिटी बनाउनुहोला।’ उनले बस्नेत रुचाएपछि चौतारीका इन्चार्ज तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै जिल्लाका पाण्डेलाई सहमत गराए। धेरैले गुरुङको समर्थन पाण्डेलाई हुने र पोखरा महाधिवेसनबाट पाण्डे नै अध्यक्ष हुने आँकलन गरेका थिए।

प्रतिनिधिसमेत निर्वाचनबाटै भए पनि नेतृत्व फेर्ने पक्षमा थिए। तर, मतदाताको मनोभावना विपरित टिका लगाएर नेतृत्व टुंग्याइएको छ । उनीसहित पदाधिकारीको टुंगो लागेको निर्वाचन कमिटीले जनाएको छ।

उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन्। राति अबेर गरी पदाधिकारीको टुंगो लागेको हो । निर्वाचन कार्यतालिका अनुसार उम्मेद्‍वारी दर्तासहित राति ११ बजे उम्मेद्‍वारको अन्तिम नामावली प्रकाशन हुनुपर्ने हो । तर उम्मेद्‍वारी दर्ता नै नभई पदाधिकारी टुंगो लगाइएको असन्तुष्टहरुले बताए।

संगठनका नेता समेत रहेका माधव प्रसाद तिवारीले मनोनयन दिन नपाएको भन्दै संगठनबाट निस्कृय रहने घोषणा गरेका छन्। उनले फेसबुकमा स्टाटस लेखेर अध्यक्ष मण्डलमा पनि सहमति नभई अध्यक्षले आफ्नो टीम घोषणा गरेको भन्दै आपत्ति जनाए।

घोषित कमिटीको महासचिव हिरामान लामा बनेका छन् । उपमहासचिव राजु सुवेदी र शुरोजजंग पाण्डे छानिए। नयाँ विधानले सचिव प्रदेशबाट छानिने व्यवस्था छ । प्रदेश १ को सचिवमा विक्रम लुईंटेल, मधेश प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदुरपश्चिम प्रदेशबाट लोकसरी कुँवर सचिव बने।

प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन्। अध्यक्षमा चार जनाको दावी थियो। माधव नेपाल, गणेश पाण्डे र टिका विष्ट सहित बस्नेतले दावी गरेका थिए। पाण्डे उपाध्यक्षमा बस्न राजी भए भने नेपाल र विष्ट अध्यक्षकै दौडबाट बाहिरिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.