भीम रावललाई प्रधानमन्त्री देउवाको प्रश्नः अहिले आएर जे पायो त्यही बोल्ने लाज छैन?

डिसी नेपाल
३० फागुन २०७८ १४:०८
144
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विषयमा एमाले नेता भीम रावलले गतल प्रचार गरेको भन्दै आक्रोश पोखेका छन्। नुवाकोट किस्पाङ गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले रावलप्रति कटाक्ष गरेका छन्।

उनले एमससीसी संसदबाट पास गर्नुपर्छ भनेर एमालेका अध्यक्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पेश गर्दा त्यसबेलाका अर्थमन्त्री र रक्षा भीम रावल नै भएकाले अहिले सबैभन्दा बढी एमसीसीको खिलापमा बोल्नु गलत भएको बताएका छन्।

उनले भनेका छन्-त्यसबेला उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो। आफैंले पास गर्ने त्यो बेला आफू मन्त्री हुने एमससीसी खराब थियो भने भीम रावलले त्यो बेला किन राजीनामा गर्नुभएन?

भीम रावलले के हेरेर बसेका थिए त्यस बेला? अहिले किन बिरोध गर्दै छन्? यदि खराब थियो त्यही बेला राजीनामा गर्नुपथ्र्यो, त्यही बेला एमसीसीको खिलापमा लाग्नुपथ्र्यो। त्यस्ता दुई जिब्रे बन्न पाइन्छ?’

उनले अगाडि भने-आफू रक्षा मन्त्री हुँदा पास गर्ने, क्याबिनेटबाट पास गरेर संसदमा ल्याउने र संसरबाट पास गर्नुपर्छ भनेर निर्णय गर्ने अनि अहिले मैले ओलीजीले ल्याउनुभएको प्रस्ताव ल्याउँला किन टाउको दुख्ने? त्यो बेला मन्त्री हुँदा टाउको नदुख्ने। त्यो बेला दिमाग खुस्केको थियो?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.