प्रधानन्यायाधीश विरुद्धको महाअभियोगमा छलफल नहुँदै संसद अधिवेशन अन्त्य गर्न सिफारिस

डिसी नेपाल
१ चैत २०७८ १७:५३
824
Shares

काठमाडौं । सरकारले संसद् अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस गरिएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पेस गरिएको हो। तर छलफल नहुँदै अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ ।

एक महिनाअघि १ फागुनमा देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक रहेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संसदमा दर्ता गरिएको थियो।

सरकारकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे अधिवेशन अन्त्य गर्ने स‌ंवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमाेदन गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.