महिला हिंसा अन्त्यका लागि राष्ट्रपतिद्वारा सरकार र नागरिक समाजको सहकार्यमा जोड

डिसी नेपाल
१ चैत २०७८ २३:२६
36
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंंसा संसारकै एक सामाजिक समस्या भएकाले यसको समाधानका लागि सबै मुलुकका सरकार तथा नागरिक अधिकारकर्मीले सहकार्य र सामूहिक आवाज उठाउनुपर्नेमा जोड दिएकि छिन्।

काठमाडौँमा जारी दुईदिने ‘दक्षिण एसियाली महिला सम्मेलन’ मा सहभागी स्वदेशी तथा विदेशी प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति भण्डारीले कोभिड–१९ को सङ्क्रमणपछि यस प्रकारका क्षेत्रीयस्तरका कार्यक्रम पहिलोपटक भएको र यसले उक्त समस्या बारेमा आदानप्रदान हुन सकेकामा प्रशंसा गरिन् । सञ्चार विज्ञ टीका ढकालका अनुसार राष्ट्रपति भण्डारीले सो अवसरमा सम्मेलनको लक्ष्य र उद्देश्य पूरा हुन सकोस् भन्ने कामनासमेत गेकि थिइन्।

भारतको महिलावादी आन्दोलनकी अगुवा बन्दना शिवाले अभियानको कार्यक्रम र गतिविधिबारे जानकारी दिँदै सम्मेलनको उद्देश्य र दक्षिण एसियाको साझा आवाज बनाएर महिला हिंसाको अन्त्य गर्ने उपायबारे जानकारी गराएकि थिइन् ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ (डब्लुएनएफ) र ‘एभ्री वुमन’ नामक संस्थाद्वारा संयुक्त रुपमा आयोजित सो सम्मेलनको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.