कांग्रेसको किताबमा एमसीसीका विषयमा प्रचण्ड र महरालाई दोष
काठमाडौं। सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका केन्द्रीय नेता यतिबेला ‘घर–घर जाउँ, कांग्रेस जिताऔं’ अभियान लिएर ७७ वटै जिल्लामा पुगेका छन्। चुनावी अभियान भएपनि कांग्रेसले आफ्नो पहलमा संसदबाट पारित भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा उत्पन्न भ्रम चिर्ने प्रयास गरिरहेको छ।
त्यसका लागि कांग्रेसले एमसीसीः भ्रम र यथार्थ नाम गरेको पुस्तक प्रकाशन गरेको छ। उक्त पुस्तकमा एमसीसी के हो, यो किन आवश्यक पर्यो र एमसीसी नेपालमा ल्याउन कुन कुन सरकारले पहल गरे भन्ने उल्लेख गरिएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि प्रतिनिधि सभाबाट ‘ब्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्ने बखत ‘बैठक बहिस्कार’ गर्ने कृष्णबहादुर महरासहितको योगदानका कारण नै नेपालमा एमसीसी परियोजना आएको तथ्यसहित स्थानीय तहको निर्वाचनमा कांग्रेस जान लागेको हो।
गत आइतबार देखि ‘घर घर जाऊँ, नेपाली कांग्रेस जिताऊँ’ भन्दै स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम आयोजना गरिरहेको कांग्रेस केन्द्रीय कार्यालयले ‘एमसीसी अनुदान सहयाता सम्झौताः भ्रम र यथार्थ’ नामक पुस्तकसहित प्रचण्ड, महरादेखि बाबुराम भट्टराईले एमसीसी ल्याउन गरेको योगदानको वारेमा देखिएको भ्रम र त्यसलाई चिर्ने प्रयास गरेको छ।
माओवादी यो प्रक्रियामा शुरुवातदेखि नै संलग्न थियो। माओवादी नेतृत्वको पुष्पकलम दाहाल प्रधानमन्त्री र कृष्ण बहादुर महरा उपप्रधान तथा अर्थमन्त्री रहेको सरकारले नै सम्झौता आवश्यक छ भनेर सहायता प्राप्तिका लागि तयारी गर्न वार्ता टोली गठन गरेको थियो। त्यतिवेला सो वार्ताटोलीले तयार गरेको आधारमा नै सम्झौता अगाडि बढेको हो।
‘माओवादी यो (एमसीसी) प्रक्रियामा शुरुवातदेखि नै संलग्न थियो, माओवादी नेतृत्वको पुष्पकलम दाहाल प्रधानमन्त्री र कृष्णबहादुर महरा उपप्रधान तथा अर्थमन्त्री रहेको सरकारले नै सम्झौता आवश्यक छ भनेर सहायता प्राप्तिका लागि तयारी गर्न वार्ता टोली गठन गरेको थियो, त्यतिवेला सो वार्ताटोलीले तयार गरेको आधारमा नै सम्झौता अगाडि बढेको हो’ पुस्तकमा उल्लेख गरिएको छ।
एमसीसी सम्झौतामा अमेरिकाले नेपाललाई छनौट गरेको खबर तत्कालीन माओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा आएको उल्लेख गर्दै सो अनुदान सहयाता लिन माओवादी अध्यक्ष प्रचण्डले बिज्ञ टोली गठन गरेको कांग्रेसले पुस्तकमार्फत देखाएको छ।
‘२०७३ सालमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन गठबन्धन सरकारको २०७३ असोज ६ को मन्त्रिपरिषदको निर्णय बाट एमसीसीको सहयोगमा संचालन हुने कम्प्याक्ट कार्यक्रम तयार गर्ने कार्यका लागि विज्ञ समुहको राष्ट्रिय संयोजक नियुक्त गरेको थियो,’ पुस्तकमा कांग्रेसले उल्लेख गरेको छ।
तत्कालीन उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले २०७४ जेठ १८ मा मन्त्रालयबाट स्वीकृत गरी मन्त्रिपरिषदमा सहयोग प्राप्तिका लागि आग्रह गर्ने निर्णय लिएर उपस्थित भएको पुस्तकमा उल्लेख छ।
‘अनुदान सहायताको सम्बन्धमा सम्बन्धित निकायहरूसंग समेत छलफल तथा परामर्श गरी आयोजना प्रस्ताव तयार गरिएको छ, यो सहयोग प्राप्तिका लागि अमेरिकी सरकारी निकायसंग शीघ्र वार्ता गर्न आवश्यक भएकोले अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, उर्जा मन्त्रालय, भौतिक योजना तथा मन्त्रालय, महालेखा नियन्त्रणको कार्यालय अफिस अफ दि मिलिनियम च्यालेन्ज नेपाल र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरू सम्मिलित एक वार्ता टोली गठन गर्नुपर्ने भएको छ ।’
कांग्रेसले आफनै मात्रै होइन, कांग्रेस र एमाले नेतृत्वको सरकारमा सहभागी भएको तर कुनै पनि बिमति नराखेको उल्लेख गर्दै प्रश्नोत्तरमार्फ थप बुझाउने कोशिश गरेको छ।
भ्रम : एमसीसी अनुदान सहायताका सन्दर्भमा नेकपा माओवादी सधै विपक्षमा थियो? माओवादी नेतृत्वको सरकारले एमसिसी अनुदान सहायताको पक्षमा कुनै निर्णय गरेको थिएन?
यथार्थः माथि उल्लेखित तथ्य र विवरणले नै प्रष्ट गरिसकेको छ । यो प्रक्रियामा सवैभन्दा वढि नेपालका कम्युनिष्ट पार्टीका सरकारहरू संलग्न छन्। २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा नेकपा माओवादी संलग्न थियो जुनबेला एमसीसी सहायताका लागि सरकारले औपचारिक रुपमा पहल गरेको थियो। २०६८ सालमा तत्कालिन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा नेपाल एमसिसी थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको जानकारी प्राप्त भएको थियो।
सोही सरकारले पहिलोपटक एमसिसीसंग समन्वय गर्नका लागि अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखा प्रमुखलाई सम्पर्क अधिकृत नियुक्त गरेको थियो।
२०७३ सालमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालिन गठबन्धन सरकारको २०७३ असोज ६ को मन्त्रिपरिषदको निर्णय बाट एमसिसीको सहयोगमा संचालन हुने कम्प्याक्ट कार्यक्रम तयार गर्ने कार्यका लागि विज्ञ समुहको राष्ट्रिय संयोजक नियुक्त गरेको थियो।
स्मरण रहोस् तत्कालीन नेकपा माओवादी नेतृत्वको सरकार भएको वेला २०७३ चैत्र २३ गते नेपाल र अमेरिकावीच भएको एडमेमोरियरमा कम्प्याक्ट अन्तराष्ट्रिय सम्झौता सरह हुने र नेपालको अन्य कानूनसंग वाझिएमा कम्याक्ट लागु हुने भन्ने कुरा स्पष्ट भएको थियो।
नेकपा माओवादी नेतृत्वको सोही सरकारले २०७४ जेठ १९ को मन्त्रिपरिषदको निर्णयबाट एमसीसी बाट अनुदान सहायत प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो। तत्कालीन उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले मिति २०७४ जेठ १८ मा मन्त्रालयबाट स्वीकृत गरी मन्त्रिपरिषदमा पेश प्रस्तावमा भनिएको छ- ‘अनुदान सहायताको सम्बन्धमा सम्बन्धित निकायहरूसँग समेत छलफल तथा परामर्श गरी आयोजना प्रस्ताव तयार गरिएको छ। यो सहयोग प्राप्तिका लागि अमेरिकी सरकारी निकायसँग शीघ्र वार्ता गर्न आवश्यक भएकोले अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, उर्जा मन्त्रालय, भौतिक योजना तथा मन्त्रालय, महालेखा नियन्त्रणको कार्यालय, अफिस अफ दि मिलिनियम च्यालेन्ज नेपाल र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरू सम्मिलित एक वार्ता टोली गठन गर्नुपर्ने भएको छ ।’
यसले प्रष्ट हुन्छ, माओवादी यो प्रक्रियामा शुरुवातदेखि नै संलग्न थियो । माओवादी नेतृत्वको पुष्पकलम दाहाल प्रधानमन्त्री र कृष्ण बहादुर महरा उपप्रधान तथा अर्थमन्त्री रहेको सरकारले नै सम्झौता आवश्यक छ भनेर सहायता प्राप्तिका लागि तयारी गर्न वार्ता टोली गठन गरेको थियो। त्यतिवेला सो वार्ताटोलीले तयार गरेको आधारमा नै सम्झौता अगाडि बढेको हो ।
सम्झौता हस्ताक्षर गर्ने समयमा माओवादी सहितको गठवन्धन सरकार थियो भने २०७४ सालको निर्वाचन पश्चात् बनेको नेकपा नेतृत्वको केपी ओलीको मन्त्रीपरिषद्ले २०७५ माघ सम्झौतालाई अनुमोदनका लागि प्रतिनिधिसभामा पेश गर्ने निर्णय गरी संसदमा दर्ता गरेको थियो । जुन सरकार नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको सरकार हो।







डिसी नेपाल







Facebook Comment