चुनावमा धाधली र सेटिङ गर्न कांग्रेस-एमाले खप्पीस छन्ः प्रचण्ड
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले कहिल्यै चुनावमा धाधली नगरेको बताएका छन् । उनले बुधबार काठमाडौंमा आयाजित पार्टीको केन्द्रीय प्रशिक्षणमा कांग्रेस एमाले संसदिय राजनीतिमा पारंगत भएको भन्दै चुनावमा हुने धाधली र पैसाको चलखेल रोक्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
माओवादी जहिल्यै पनि जनताको पक्षमा काम गरेको बताउदै उनले चुनावी अबधिभर कार्यकर्तालाई सक्रियताका साथ खट्न समेत निर्देशन दिएका छन् ।उनले भने,‘यो चुनाव सामान्य होइन, नेपाली जनताले जित्ने या प्रतिक्रियावादीहरुले जित्ने मुख्य सवाल हो । त्यसैले तपाईहरु हिजो युद्धकालमा खटे जसरी खट्नुस ।’
माओवादीको एजेण्डामा देश चलेको बताउदै प्रचण्डले नेपालमा दुइ दलिय ब्यवस्था कायम गर्न देशीविदेशी शक्तीसमेत लागि परेको आरोप लगाए । ‘नेपालमा दुइ दलिय बुजुर्वा पार्टीलाई स्थापित गरेर परिवर्तनकारी शक्तीहरुलाई पाखा लगाउने प्रयत्न भईरहेको छ ,तपाइहरु चनाखो हुनुहोस ,यो चुनाव सामान्य होइन परिवर्तनकारी शक्तीलाई स्थापित गर्ने या प्रतिगमनकारी शक्तीलाई नेतृत्वमा ल्याउने त्यो माओवादीको हातमा छ ।’
माओवादीको लागि यो चुनाव जिवन मरणको लडाई समेत भएको उनको भनाइ थियो । उपत्यका बिशेष प्रदेश समिति,सम्पर्क समन्वय बिशेष प्रदेश समिति र प्रवास समन्वय समितिले संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमममा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।







डिसी नेपाल







Facebook Comment