‘पठान’ अवतारमा शाहरुख

डिसी नेपाल
३ चैत २०७८ १५:३२
112
Shares

काठमाडौं। केही दिनअगाडि मात्र डेट घोषणा गर्दा ‘पठान’ फिल्मको सार्वजनिक केही झलकमा शाहरुख खानको लुक्स देखाइएन। उनलाई बिम्वात्मक रुपमा देखाइ पनि उनलाई हेर्न नपाएका फ्यानमाझ अहिले एउटा तस्बिर भाइरल भइरहेको छ। डेट एनाउन्स गरिएको भिडियोमा समेत नदेखिएका शाहरुख स्पेन छायांकनको क्रममा क्यामराबाट बच्न सकेनन् । उनी समुद्र किनारको एक होटेलमा छन्।

उनी होटेल बाहिर निस्किँदा क्यामरामा कैद भएका हुन्। उनको सार्वजनिक पठान लुक्सले फ्यानमाझ चर्चा पाइरहेको छ। छायांकनका लागि शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम पनि स्पेनमै छन् । फिल्मको यो सेड्युल १७ दिनको थियो।

बलिउडको ठूलो कम्पनी यशराज फिल्म्सले आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गर्ने भएको छ। आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरिरहेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरुख खान , जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन्।

‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसैफिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदै छन् एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष २५ जनवरी २०२३ मा हेर्न पाउने छन् । फिल्ममा सलमान खान पनि देखिनेछन् । उनि फिल्ममा टाइगरको भूमिकामा प्रस्तुत हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.