प्रकाश सपुतको ‘पिर’ गीत साम्राज्यवादी शक्तिले ल्याएको होः महरा
बुटवल । नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले पिर गित गायक प्रकाश सपुतले नल्याएको बताएका छन् । उनले बिहिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सपुतले ल्याएको पिर गित उनले नल्याइ साम्राज्यवादी शक्तिले ल्याएको आरोप लगाएका हुन् ।
उनले भने, ‘चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गित बजारमा ल्याएका छन् । त्यो गित उनले ल्याएका होइनन, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ साम्राज्यवादी शक्तिले ल्याएका हुन ।’ उनले आफूहरु विगतदेखि नै साम्राज्यवादी शक्तिले दलदलमा फसाउन खोजेको तर त्यो दलदलबाट निस्केर आएको बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment