गठबन्धनका लागि ‘बाध्य’ पार्न माओवादी नेताका कांग्रेस विरुद्ध अभिव्यक्ति

डिसी नेपाल
४ चैत २०७८ ७:२७
596
Shares

काठमाडौं। बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे। त्यहाँ तीन जना शीर्ष नेताबीच स्थानीय तह निर्वाचनका विषयमा नै छलफल भयो।

उक्त छलफलमा प्रचण्डले बाहिर स्थानीय तह निर्वाचन हुँदैन भन्ने हल्ला चलिहरहेको भन्दै प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले भेट खसाल्ने अघिल्लो दिनसम्म चुनाव हुँदैन भन्ने हल्ला हुने गरेको भन्दै चुनाव हुनेमा ढुक्क हुन नेताद्वयलाई आश्वस्त पारेको बालुवाटार निकट स्रोतले जनाएको छ।

प्रमुख राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन्। सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले ‘घर–घर जाउँ, कांग्रेस जिताऔं’ अभियान लिएर ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाएको छ। एमाले र माओवादी केन्द्र पनि चुनावी अभियानमा होमिएका छन्।

यस्तो बेलामा अध्यक्ष प्रचण्डले चुनाव नहुने आशंका किन गरे भन्ने विषय अर्थपूर्ण रहेको छ।  पछिल्लो समय प्रचण्डका अभिव्यक्ति कांग्रेस विरुद्ध लक्षित हुँदै आएका छन्। माओवादी केन्द्र स्थानीय तहदेखि प्रादेशिक र केन्द्रीय चुनावमा पनि वर्तमान गठबन्धनलाई कायम राख्दै चुनावी तालमेल गर्न चाहन्छ।

माओवादी र एकीकृत समाजवादीका लागि चुनावी तालमेल बाध्यता भएको भन्दै सरकारको नेतृत्व गरेको दल कांग्रेसभित्र चुनावी तालमेल गर्न नहुने भन्ने पक्ष बलियो छ। यसको नेतृत्व डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले गरेका छन्।

पहिलो संविधानसभा चुनावमा एक्लै लड्का सबैभन्दा ठूलो दल बनेको माओवादी केन्द्र, दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो दलमा खुम्चिएको थियो। त्यसयताका निर्वाचन माओवादीले एक्लै लड्ने हिम्मत गरेको छैन। अहिले झन् पार्टी संगठन कमजोर भएको बेला माओवादीका लागि चुनावी तालमेल अनिवार्य जस्तै बनेको छ। त्यही भएर कांग्रेसलाई तालमेलका लागि बाध्य बनाउन माओवादी नेताहरुले कांग्रेस विरुद्ध लक्षित अभिव्यक्ति दिन थालेका कांग्रेसका एक नेताले बताए

तर सभापतिसमेत रहेका देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला चुनावी तालमेलको पक्षमा छन्। जसका कारण चुनावी तालमेल गर्ने नगर्ने विषयमा कांग्रेसले ठोस निर्णय लिन सकेको छैन।

माओवादी र एकीकृत समाजवादीको बाध्यता र कांग्रेसभित्र विवादको विषय बनेको चुनावी तालमेलकै विषयलाई लिएर प्रचण्डका पछिल्ला अभिव्यक्ति कांग्रेस विरुद्ध लक्षित छन्। उनले बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका कोही नेताहरु कुनै पनि हालतमा तालमेल गरिँदैन भने अतिवाद ढंगले बोल्न थालेको र यसरी नै कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति फरक हुने चेतावनीसमेत दिए। उनले कांग्रेसले पाखा लगाउन खोजे अरु दलसँग मिलेर अगाडि बढ्ने समेत बताए।

माओवादी नेताहरुका पछिल्ला अभिव्यक्ति कांग्रेस चुनावी तालमेलका लागि तयार नभए एमालेसँग गठबन्धन गर्ने अभिव्यक्ति दिन थालेका छन्। तर एमाले नेताहरुले माओवादीसँग तत्काल सहकार्यको संभावना नरहेको बताउँछन्।

‘कांग्रेसलाई गठबन्धनका लागि बाध्य पार्न प्रचण्डलागयत माओवादीका नेताहरु एमालेसँग गठबन्धन गर्ने अभिव्यक्ति दिन थालेका छन्,’ एक एमाले नेता भन्छन्, ‘दुई तिहाइको सरकार ढाल्ने, पार्टी विभाजन गराउने र सरकारमा जान तयारै नभएको दलका नेतालाई प्रधानमन्त्री बनाउनु भूमिका खेल्ने दलसँग चुनावी तालमेल संभव छैन।’

नेकपा खारेजपछि माओवादीको संगठन कमजोर बनेको, प्रभावशाली नेताहरु एमालेमा गएको र कार्यकर्ताको मनोबल उच्च नभएकाले पनि माओवादी केन्द्रका लागि चुनावी तालमेल आवश्यक छ।

पहिलो संविधानसभा चुनावमा एक्लै लड्का सबैभन्दा ठूलो दल बनेको माओवादी केन्द्र, दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो दलमा खुम्चिएको थियो। त्यसयताका निर्वाचन माओवादीले एक्लै लड्ने हिम्मत गरेको छैन। अहिले झन् पार्टी संगठन कमजोर भएको बेला माओवादीका लागि चुनावी तालमेल अनिवार्य जस्तै बनेको छ।

त्यही भएर कांग्रेसलाई तालमेलका लागि बाध्य बनाउन माओवादी नेताहरुले कांग्रेस विरुद्ध लक्षित अभिव्यक्ति दिन थालेका कांग्रेसका एक नेताले बताए।

‘बिहीबार प्रधानमन्त्रीसँग भएको भेटमा पनि प्रचण्डले बाहिर चुनावै नहुने हल्ला चलेको छ भनेर प्रधानमन्त्रीलाई चुनावी तालमेलका लागि अप्रत्यक्ष दबाव दिनु भएको हो,’ कांग्रेसका एक नेताले भने, ‘अहिले केन्द्रीय नेता ७७ वटै जिल्लामा पुग्नु भएको छ। उहाँहरु फर्किएर गरेको रिर्पोटिङका आधारमा पार्टीले गठबन्धन गर्ने नगर्ने निर्णय गर्छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.