दुई कम्पनीको सेयर मूल्य समायोजन, कुन कम्पनीको कति ?
काठमाडौं। दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजन हुनेमा गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्स रहेको छ।
गरिमा विकास बैंकको १६ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। समायोजनपछि बैंकको सेयर भाउ ४८१ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको छ। समायोजनपछि कम्पनीको सेयर भाउ ७९९ रुपैयाँ ९ पैसा निर्धारण भएको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment