ओली विपक्षी रहेकाे मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

डिसी नेपाल
६ चैत २०७८ ११:३२
212
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेकाे मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालकाे इजलासमा मुद्दाको पेसी ताेकिएकाे छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लाेकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेकाे मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वाेच्चमा रिट दायर गरेका थिए।

उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय खारेज गर्न माग गरेका थिए।

मन्त्रिपरिषद् विस्तार गर्ने ओली हाल विपक्षी दलका नेता हुन। तर, मुद्दाको टुंगाे लागेकाे छैन। ओलीले प्रतिनिधिसभा विघटन गरेकाे तीन दिनपछि १० पुस,२०७७ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.