भिक्षुलाई साढे ६ करोडको चिठ्ठा पर्‍यो, हजारौं मानिसलाई लाइन लगाएर सबै पैसा बाँड्दैछन्

डिसी नेपाल
६ चैत २०७८ ११:३२
1.8k
Shares

काठमाडौं। थाइल्याण्डका एक जना बौद्ध भिक्षुलाई १८ मिलियन भाट (६ करोड ५८ लाख रुपैयाँ) बराबरको लट्री पर्यो । त्यसपछि उनले आफूले जितेको पैसा मानिसहरुलाई बाँड्न सुरु गरे । यी भिक्षुले आफूले जितेको पैसा स्थानीय मानिसहरु, अन्य मन्दिरहरु र विभिन्न सामाजिक संगठनहरुलाई बाँडे । थाइल्याण्डको उत्तरी प्रान्त नखोन फनोमका यी ४७ वर्षका भिक्षुको नाम फ्रा क्रु फनोम हो । उनी वात फ्रा थात फनोम वोरामाहाविहान नामक एक बौद्ध मन्दिरमका सचिव पनि हुन् ।

थाइल्याण्डको अखबार द थाइगरका अनुसार भिक्षु फनोमले हालै १८ मिलियन भाटको लट्री जितेका थिए । अहिले उनले त्यही पैसा दान गरिरहेका छन् । उनका अनुसार उनी सामान्य अवस्थामा लट्री टिकट किन्दैनन् किनकि भिक्षुहरु कुनै पनि प्रकारको जुवामा सहभागी हुनु हुँदैन । तर, केही दिन पहिले एक स्थानीय पसले कोरोना महामारीका कारण आर्थिक रुपले संघर्ष गरिरहेको देखेपछि उनले ती पसलेको आर्थिक सहयोगको लागि उनकै पसलबाट लट्री टिकट किनिदिए ।

फनोमले आफूले जति पनि पैसा जिते त्यो सबै स्वर्गदूतहरुको भएको मान्छन् । उनी यो पैसा आफ्नो लागि राख्न चाहँदैनथे । त्यसैले उनले लट्रीमा जितेको पैसा मानिसहरुलाई बाँड्ने निर्णय गरे । त्यसपछि उनले हजारौं स्थानीय मानिसहरुलाई २०० भाट (७३० रुपैयाँ) का दरले बाँडिरहेका छन् । रिपोर्टमा बताइएअनुसार यी भिक्षुले पैसा दान गर्ने घोषणा गरेपछि पैसा लिन मानिसहरुको धेरै लामो लाइन लागेको थियो ।

उनले पैसा बाँड्न थालेसँगै हजारौं मानिसहरु मन्दिर आउन थालेका छन् । स्थिति यस्तो भएको छ कि प्रान्तका सरकारी अधिकारीहरुले भिडको निगरानी गरिरहेका छन् र भिडमा कोभिड प्रोटोकलको पालना पनि गराइरहेका छन् । उनले अहिलेसम्म स्थानीय मानिसहरुलाई १.५ मिलियन भाटबाँडिसकेका छन् । उनले आफूसँग भएको सबै पैसा दान गर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.