राप्रपा नेपाल एक महिनामै ७७ जिल्लामा विस्तार
काठमाडाैं। कमल थापा नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई पुनर्जागृत गरेको एक महिना पूरा भएको छ। यो अवधिमा ७७ वटै जिल्लामा पार्टीको जिल्ला संरचना खडा गरी जिल्लास्थित निर्वाचन कार्यालयमा राप्रपा नेपालले अभिलेख बुझाएको छ।
राप्रपा नेपालका महामन्त्री एवं संगठन विभाग प्रमुख राजाराम बर्तौलाले स्थानीय तह निर्वाचनको प्रयोजनको नित्ति देशैभरका ७७ निर्वाचन कार्यालयमा राप्रपा नेपाललाई अभिलेखमा राखी दर्ता गर्न निवेदन दिएको जानकारी दिए।
उनले भने, ‘७७ जिल्लामा नै राप्रपा नेपाल दर्ता भएको छ, काठमाडौंस्थित निर्वाचन आयोगमा पनि सम्पूर्ण विवरण पेश गरिएको छ ।अब राप्रपा नेपाल दुबोसरि मौलाउने छ।’
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment