नारायणी नदी किनारमा प्लास्टिकजन्य फोहोरमैला टिप्दै राजेश हमाल

डिसी नेपाल
७ चैत २०७८ १४:०६
168
Shares

काठमाडौं। अभिनेता राजेश हमाल नवलपरासी पुर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारको सरसफाइमा सहभागी भएका छन्। नदी किनारा सफाइ गर्दै उनले सबैलाई सहभागी हुन् आग्रह पनि गरे।

हमालले स्थानीय संस्था, व्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाइमा सक्रिय हुन आग्रह गरे। उनको आग्रहपछि नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानीय जुटेका थिए।

सोमबार बिहान ७ देखि ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका हुन्।

‘आज हामीले एकदिन, केहीबेर सफाइ गरेर सधैंका लागी हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो,’ अभिनेता हमालले भने, ‘यहाँ घुम्न आउने पर्यटकहरूले नै यी कुरा बुझ्नु जरुरी छ।’

उनले झन्डै एक घन्टा आफैंले सफारी गाडी चलाएर त्यस क्षेत्रको अवलोकनसमेत गरेका थिए। केही दिन अगाडि मात्र अभिनेता हमालले काठमाडौंमा फोहोर व्यवस्थापनलगायतका काममा जनप्रतिनिधि सक्रिय नदेखिएको भन्दै ‘मेयर बन्नु पर्छ कि क्या हो ?’ भन्दै व्यंग्य गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.