सरोकार समाजको वार्षिक साधारण सभा चैत्र १२ गते
काठमाडौं। तेह्रथुम सरोकार समाजको आठौं वार्षिक साधारण सभा यही चैत्र १२ गते काठमाडौंमा हुने भएको छ।
समाजको आठौं साधारण सभा यही चैत्र १२ गते शनिबार ११ बजे बागबजारको होटेल हार्दिकमा हुने कार्य समितिका अध्यक्ष मोहनकुमार डाँगीले बताए। कार्यसमितिको फागुन २ गतेको बैठकले साधारण सभा चैत्र १२ गते सम्पन्न गर्ने निर्णय गरेको थियो।
पूर्वमन्त्रीहरू, स्वास्थ्यराज्यमन्त्री, बुद्धिजीवी, लेखक, पत्रकार, समाजका सल्लाहकारहरू, आजीवन तथा साधारण सदस्यहरू एवं तेह्रथुम जिल्लाका अन्य सरोकारवालाहरू उपस्थित हुने उक्त वार्षिक साधारण सभामा प्रदेश नं १ का प्रमुख परशुराम खापुङलाई प्रमुख अथितिको रुपमा आमन्त्रण गरिएको बरिष्ठ उपाध्यक्ष डिल्लीराम ढुङ्गेलले बताए।
२०७६ असोजमै सम्पन्न हुनुपर्ने वार्षिक साधारण सभा कोभिड महामारीको कारण करिब डेढ वर्षपछि यो चैत्र १२ गते हुन लागेको हो। उक्त सभामा समाजको बार्षिक आर्थिक प्रतिवेदन तथा बार्षिक कार्य बिवरण छलफलका लागि साधारण सभामा प्रस्तुत गरी अनुमोदन गरिने छ।
यसै गरी, यस पटक साधारण सभाले समाजको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको र सोका लागि सदस्यता वितरण तथा नवीकरण भैरहेको कुरा बताइएको छ। समाजको कार्यसमितिमा चुन्ने चुनिने प्रयोजनका लागि चैत ७ गतेभित्र सदस्यता लिने वा नवीकरण गरिसक्नुपर्ने निर्णय भएको महासचिव केशवकुमार भट्टराईले बताए।
तेह्रथुम जिल्लावासीहरुबीच सामाजिक तथा सांस्कृतिक सम्बन्ध स्थापित गर्दै जिल्लाको सम्मृद्धिको निम्ति पहल गर्ने पवित्र उद्देश्यले वि.सं. २०६३ मा समाजको स्थापना भएको थियो।







डिसी नेपाल








Facebook Comment