प्रचण्ड र नारायणकाजी आज जनकपुर आउँदै

डिसी नेपाल
८ चैत २०७८ ८:५६
28
Shares

महोत्तरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मंगलबार मधेस प्रदेशको राजधानी जनकपुर आउँदै छन्। चुनाव केन्द्रित प्रशिक्षण दिन र अगुवा कार्यकर्तासँगको भेटघाटका लागि उनी जनकपुर आउने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

दिउँसाे १२ बजे जनकपुरको तिरहुत्तियामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने अध्यक्ष प्रचण्डले मधेस प्रदेशका नेता, कार्यकर्तालाई बेग्लाबेग्लै भेट्ने कार्यक्रमसमेत रहेको केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट सहभागी अगुवा नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्ड र उनको साथमा आउने नेता नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिने कार्यक्रम  छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.