महराका स्वकीय सचिवले त्यागे माओवादी
काठमाडौं। नेकपा माओवादी (केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले माओवादी केन्द्र पार्टी त्यागेको घोषणा गरेका छन्।
उनले आज सामाजिक सञ्जाल मार्फत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्। ‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यता समेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु।
’शर्माले भनेका भनेका छन्, ‘आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने गरी अगाडि बढ्नेछु। जनताको निरन्तर सेवामा निस्वार्थ र सके जति भुमिकामा आफूलाई उभ्याउने छु।’उनी माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत हुन्।








डिसी नेपाल







Facebook Comment