पाटे बाघ मृत फेला

डिसी नेपाल
८ चैत २०७८ १५:४८
84
Shares

नेपालगञ्ज। बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो । कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।

जङ्गलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्दा बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए ।बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।
रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.