रिलिज हुनु २ दिनअघि आरआरआर फिल्म बहिष्कार गर्नुपर्ने माग चर्को

डिसी नेपाल
९ चैत २०७८ १४:३८
5.6k
Shares

काठमाडौं। २ दिनपछि शुक्रबार फिल्म हलमा रिलिज हुन तयार निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरले रिलिजभन्दा पहिले नै आलोचनाको सामना गरिरहेको छ । ट्वीटरमा ह्याशट्याग बाइकटआरआरआरइनकर्नाटक ट्रेण्ड गरिरहेको छ । फिल्मलाई कन्नड भाषामा रिलिज नगरिएका कारण दर्शकहरुले आक्रोश पोखिरहेका छन् ।

कर्नाटकमा दर्शकहरुले आरआरआरलाई कन्नड भाषामा पनि रिलिज गर्नुपर्ने माग गरेका छन् । ट्वीटरमा यो ह्याशट्यागको बाढी नै आएको छ । कसैले असन्तुष्टि जनाउँदै आरआरआरलाई कन्नड भाषामा पनि रिलिज गर्न माग गरेका छन् भने कसैले फिल्मको टिम र कारस्टलाई यसको दोष नदिन सफाइ दिइरहेका छन् ।

एक युजरले लेखेका छन् ‘हामी आरआर फिल्म टेलिग्राममा पनि हेर्ने छैनौं । यो तेलुगु राज्य होइन यो कर्नाटक हो । इज्जतको महत्व व्यवसायको भन्दा धेरै हुन्छ ।’ अर्का एकले लेखेका छन् ‘बाचा तोडिदिए ।’ यो फिल्म भारतमा ब्रिटिस शासन भएको बेलाको पृष्ठभूमिमा छ । दुई भारतीय क्रान्तिकारीहरु अल्लुरी सीताराम राजु र कोमाराम भीमको भूमिकामा राम चरण र जुनियर एनटीआर छन् ।

फिल्ममा आलिया भट्ट, श्रीया शरण, अजय देवगन पनि छन् । आरआरआर मूलतः तेलुगु फिल्मको । यसलाई हिन्दी, तमिल, मलायालम, कन्नड लगायत अन्य भारतीय र विदेशी भाषामा डबिङ गरेर रिलिज गर्ने बताइएको थियो । तर, अहिले कन्नड भाषामा रिलिज नगरिने भएपछि बबाल मच्चिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.