केआरकेको गम्भीर आरोप ‘सलमानले ५० करोडमा मेरो सुपारी दिएका छन्, जुनसुकै बेला मारिन सक्छु’

डिसी नेपाल
१० चैत २०७८ १६:११
2.2k
Shares

काठमाडौं। बलिउड अभिनेता कमाल राशिद खानले आफूलाई सलमान खानबाट खतरा रहेको बताएका छन् । उनले सलमानले दिल्ली र मुम्बइ पुलिसलाई आफूलाई मार्नका लागि सुपारी दिएको बताएका छन् । केआरकेले ब्याक टु ब्याक कैयौं ट्वीट गरेर यसबारे खुलासा गरेका छन् । यी ट्वीटका अनुसार केआरकेलाई उक व्यक्तिको म्यासेज आएको छ । ती व्यक्तिले आफूलाई केन्द्रीय मन्त्रीको पीए संजय बताएका छन् ।

यी व्यक्तिले केआरकेलाई निकै ठूलो जानकारी दिन सक्ने बताएका छन् । यी व्यक्तिले आफूसँग कैयौं पेनड्राइभमा सनसनीखेल रेकर्डिङ भएको बताएका छन् र केआरकेसँग यी पेनड्राइभको बदलामा १० लाख रुपैयाँ मागेका छन् । यी व्यक्तिले आफूले शाहरुख खानलाई समेत उनका छोरा आर्यन गिरफ्तार हुनुभन्दा पहिले यसबारे जानकारी दिएको बताएका छन् । केआरकेले यी व्यक्तिको दावी र त्यसको वास्तविकता जान्नको लागि जाँचको माग गरेका छन् ।

केआरकेले ती व्यक्ति संजयको हवाला दिँदै सलमान खानले आफूलाई मार्नको लागि मुम्बइ र दिल्ली पुलिसलाई ५० करोडको सुपारी दिएको बताएका छन् । उनले यो षड्यन्त्रमा कैयौं मन्त्री पनि संलग्न भएको आरोप लगाएका छन् । केआरकेले आफू जहिले भारत आए पनि मारिने बताएका छन् । केआरकेसँग संजयले आफूसँग सलमान खान, केही मन्त्रीहरु र पुलिस अधिकारीहरुको रेकर्डिङ भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.