पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश, म्यानेजर जोशी एक लाख धरौटीमा रिहा

डिसी नेपाल
१० चैत २०७८ १९:०९
1.1k
Shares

काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका नायक पूर्ण विक्रम शाह (पल शाह)लाई तनहु जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहिबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। पल शाहका म्यानेजर कृष्ण जोशी भने एक लाख धरौटीमा रिहा भएका छन् ।

बुधबारदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो । सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यायलमा बुझाएको थियो ।

सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो ।

प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्ष कम उमेर भएकाले १२ देखि १४ वर्षसम्मको कैद सजायको र मनासिव क्षतिपुर्ती माग गर्दै मुद्दा दर्ता गरिएको थियो ।

पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको थियो । मंगलबार पलको बयान लिइएकोमा बुधबार उनको म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिएर सकाएपछि थुनछेक बहस सुरु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.