नेविसंघ अध्यक्ष शेर्पालाई कोइराला समूहबाहेक सबैको अनुमोदन

डिसी नेपाल
१२ चैत २०७८ १४:४६
252
Shares

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनित गरेका अध्यक्ष दुजाङ शेर्पालाई संस्थापन ईत्तरका शेखर कोइराला समूहले अस्विकार गरे पनि अन्य दुई समूहले भने स्वीकार गरेका छन् ।

सभापति देउवाले ‘एकलौटी रुपमा मनोनित गरेको’ आरोप लगाउँदै कोइराला समूहले १४ चैतमा अलग्गै भेला बोलाएको दोस्रो दिन वरिष्ठ नेता रामचन्द्र पौडेलले निवासमा बोलाएर अध्यक्ष शेर्पालाई बधाई दिएका छन् ।

यसअघि शेर्पालाई निवासमा नै बोलाएर प्रकाशमान सिंहले पनि बधाई दिइसकेका थिए । उक्त बधाई कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माको पनि उपस्थिति थियो ।उता, शेर्पासहितको मनोनयनप्रति असन्तुष्टी जनाउँदै कोइराला समूहले १४ चैतमा अनुपम फुडल्याण्डमा बृहत भेला आयोजना गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.