देशको विकास गर्न सरकार पुँजी निर्माणमा केन्द्रितः मन्त्री कार्की
सुनसरी । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास गर्न पुँजी निर्माणमा सरकार केन्द्रित भएको बताएका छन्।
सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरमा आज आयोजित कार्यक्रममा मन्त्री कार्कीले देशको विकास तथा समृद्धिका लागि पुँजी निर्माणमा सरकार लागिपरेको र त्यसैअनुरुप एमसिसी परियोजना सङ्घीय संसद्बाट पारित भएको उल्लेख गरे । एमसिसी परियोजनाले देशको विकास र आर्थिक समृद्धिमा योगदान गर्ने भएकाले संसद्बाट पास गरेको उनको भनाइ थियो । एमसिसी देश र राष्ट्रको हितमा रहेकाले कुनै पनि भ्रमका पछि नलाग्न मन्त्री कार्कीले सबैलाई आग्रह गरे ।
उक्त कार्यक्रमसंगै मन्त्री कार्कीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका दुई विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग रकम हस्तान्तरण गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका–१ मा आयोजित कार्यक्रममा उहाँले स्थानीय शङ्कर उराव र दानिस अन्सारीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग रकम हस्तान्तरण गरेका हुन् । मन्त्री कार्कीले आफ्नो तलब भत्ताबाट आएको रु ६० हजार उरावलाई र रु ५० हजार अन्सारीको परिवारलाई हस्तान्तरण गरेका हुन्। रकम अभावका कारण उच्च शिक्षा अध्ययन गर्न समस्या भएको थाहा पाएपछि उहाँले सो रकम हस्तान्तरण गरेका हुन् ।







डिसी नेपाल







Facebook Comment