श्रद्धा कपूरसँग ब्रेकअपका विषयमा नेपाली मूलका रोहन श्रेष्ठको यस्तो प्रतिक्रिया
काठमाडौं। बलिउड अभिनेत्री श्रद्धा कपूर र उनका ब्वायप्रेण्ड नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठको ४ वर्ष पुरानो सम्बन्ध अन्त्य भएको छ । रोहन श्रेष्ठ बलिउडका बरिष्ठ फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । श्रद्धा कपूर बलिउड अभिनेता शक्ति कपूरकी छोरी हुन् । यी दुईको ब्रेकअपको कारण अझै खुलासा हुन सकेको छैन ।
पछिल्लो केही समययता यी दुई यो सम्बन्धका विषयमा गम्भीर थिए । दुवैले सम्बन्ध सार्वजनिक रुपमा स्वीकार गरेका भने थिएनन् । २०२१ को अगष्टमा इटाइम्ससँग कुरा गर्दै श्रद्धाका पिता शक्ति कपूरले रोहनले अझैसम्म बिहेको प्रस्ताव नल्याएको बताएका थिए । शक्तिले यदि प्रस्ताव आएमा आफूले श्रद्धाको निर्णयलाई समर्थन गर्ने बताएका थिए ।
यी दुईको ब्रेकअपको खबरपछि इटाइम्सले रोहन श्रेष्ठसँग यस विषयमा प्रतिक्रिया मागेको थियो । जवाफमा रोहनले भने ‘मैले मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दिन । मैले कहिल्यै गरेको पनि छैन र यस्तो गर्न मलाई कुनै रुचि पनि छैन ।’







डिसी नेपाल








Facebook Comment