स्थानीय निर्वाचनः उम्मेदवारले मनोनयन पत्रसहित १८ बुँदे मापदण्ड पालना गर्दैै स्वघोषणापत्र बुझाउनु पर्ने
काठमाडौं । निर्वाचन आयोगले आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका उम्मेदवारले मनोनयनपत्रसहित स्वघोषणापत्र पनि बुझाउनुपर्ने जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै विभिन्न १८ बुँदे मापदण्ड पालना गर्दै स्वघोषणापत्र बुझाउनुपर्ने उल्लेख गरेका हुन् ।
आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानुनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको उनले जानकारी दिए ।
पौडेलका अनुसार २१ वर्ष उमेर पूरा भएको, सम्ब न्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको जस्ता १८ वटा मापदण्डभित्र पर्ने व्यक्तिले उम्मेदवारी दिन सकिने व्यवस्था गरिएको छ ।









डिसी नेपाल








Facebook Comment