चुनावी तालमेलकाे माेडालिटीका विषयमा छलफल गर्न गठबन्धनकाे बैठक बस्दै

डिसी नेपाल
१७ चैत २०७८ ६:३७
104
Shares

काठमाडौं। सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ। बैठकमा चुनावी तालमेलकाे माेडालिटीका विषयमा छलफल हुने बताइएकाे छ।

कांग्रेसले मंगलबार केन्द्रीय कमिटीबाट स्थानीय निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ। कांग्रेसको यो निर्णयसँगै पहिलोपटक सत्ता गठबन्धनको वैठक बस्न लागेको हो ।

वैशाख ३० गते एकैपटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरू स्थानीय तहमा पनि तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक्लै चुनाव लड्ने बताउँदै आएको छ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन्। साथै उनीहरूले महानगर र उपमहानगरको हकमा केन्द्रबाटै निर्णय गर्ने तयारी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.