गठबन्धनमा एमाले उपाध्यक्ष नेम्वाङकाे टिप्पणी : मित्रहरुले दुख पाउनुहुन्छ
काठमाडाैं। नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन्। रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहीबार नेम्वाङले यहीलेको व्यवस्थामा कुनै दलले बहुमत ल्याउन निकै अफ्ठेरो भएकाले गठबन्धन स्वभाविक रहेको बताए।
तर, गठबन्धन गर्दा लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा भएन भने पछि दुख पाइने उनले बताए। ‘गठबन्धनका कुराहरु आउँछन्। हाम्रो स्पष्ट दृष्टिकोण छ, लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा हुनुपर्छ। त्यो भएको छ छैन, त्यतातिर म टिप्पणी गर्दिन,’ उनले भने, ‘पछि सम्बन्धित मित्रहरुले दुख पाउनुहुन्छ।’
उनले प्रतिस्पर्धाका बाबजुत सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment