मातृभूमीको विकासमा गैरआवासीयको योगदान हुनुपर्यो : वरिष्ठ नेता पौडेल
काठमाडाैं। गैर आवासीय नेपाली संघका नव निर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नव निर्वाचित अध्यक्ष कुल आचार्यसहितका पदाधिकारीहरु पुगेका थिए। सो अवसरमा अध्यक्ष आचार्यले एनआरएनएले गर्ने कामहरुका विषयमा वरिष्ठ नेता पौडेललाई जानकारी गराएका थिए।
पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता दिएका एनआरएनएका पदाधिकारीहरुले सबैसँग पशुपतिमा बृद्धाश्रम निर्माणका लागि जग्गा उपलव्ध गराइदिन, गैर आवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए डेस्क स्थापना गर्न माग गर्दै आएका छन्।
जवाफमा वरिष्ठ नेता पौडेलले सत्तारुढ गठवन्धन एनआरएन प्रति सकारात्मक रहेको बताए। साथै उनले समस्याका बाबजुत पनि एनआरएनलाई एक बनाएर अघि बढाएकोमा धन्यवाद दिँदै अब काम गरेर देखाउन आग्रह गरे।
उनले अब विदेशमा बस्ने नेपालीहरु सबैलाई संगठिन बनाएर मातृभूमी नेपालको विकासका लागि सहयोग गर्न आग्रह पनि गरे । साथै उनले नेपाली भाषा साहित्यको क्षेत्रमा पनि एनआरएनएले योगदान गर्नुपर्नेमा जोड दिएका थिए।







डिसी नेपाल








Facebook Comment