पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हरायो
Pakistan's cricketers celebrate at the end of the third T20 cricket match between Pakistan and Australia at The International Cricket Stadium in Dubai on October 28, 2018. (Photo by GIUSEPPE CACACE / AFP)
काठमाडौं। पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ। लाहोरमा बिहीबार राति जित निकालेसँगै पाकिस्तान तीन एकदिवसीय शृंखलामा १-१ को अवस्थामा पुगेको छ। पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले हराएको थियो।
अष्ट्रेलियाले दिएको ३४९ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे। पाकिस्तानका कप्तान बाबर आजमले ११४ रनको शतकीय इनिङ खेले । यस्तै इमाम उल हकले १०६ तथा फखर जमानले ६७ रनको योगदान गरे । अष्ट्रेलियाका एडम जाम्पाले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो। अष्ट्रेलियाका बेन म्याकडेरमोटले सर्बाधिक १०४ रन बनाए । यस्तै टार्भिस हेडले ८६ रन जोड्दा मार्नुसले ५९ रन बनाए। पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ तथा मोहमद वासिमले २ विकेट लिए। तेस्रो खेल शनिबार हुनेछ।







डिसी नेपाल







Facebook Comment