कांग्रेस लुम्बिनी सभापतिको प्रश्न : एमालेले भोट दिने भन्यो भने नदिनु भन्नु ?

डिसी नेपाल
१८ चैत २०७८ १०:०७
324
Shares

काठमाडौं। पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा अन्य दलसँग तालमेल नगर्नेगरी निर्णय गरेको भोलिपल्ट कांग्रेसका लुम्बिनी सभापतिले गठबन्धनको निर्णयप्रति फेरि गम्भीर प्रश्न उठाएका छन्।

प्रदेश सभापति अमर पुनले व्यवहारिकता, आवश्यकता र वस्तुस्थितिको राम्रो विश्लेषण नगरिए विद्रोह पनि हुने चेतावनी दिए। पुनले भनेका छन्, ‘पाँच हजार मत भएको कांग्रेसले टिकट नपाउने र एक हजार मत हुने अन्य पार्टीले पाए के हुन्छ ? विद्रोह हुँदैन ? मैले नगरे पनि स्थानीय तहका साथीहरूले गर्दैनन् भन्न सकिन्छ ?’

कांग्रेस नेतृत्वको गठबन्धनले मुख्य प्रतिस्पर्धा गर्ने दल भनेको नेकपा एमाले हो। गठबन्धनका अन्य दल सशंकित हुनेगरी सभापति पुनले एमालेले कांग्रेसलाई भोट दिने भन्यो भने नदिनु नभनिने बताए। ‘भोलि गठबन्धनको केन्द्रले स्थानीय तहको आवश्यकता बुझेन र एमालेले सघाउने भन्दै मत दिने भन्यो भने त नदिनु भन्न सकिन्छ ? त्यस्तो सकिँदैन’,पुनले भने।

तर, गठबन्धनको केन्द्रले गरेको निर्णयलाई स्वीकारिने बताए । उनले आवश्यकता र औचित्यको आधारमा तालमेलको निर्णय गर्नेगरी टुंगोमा पुग्न गठबन्धनको केन्द्रीय नेताहरूलाई आग्रह पनि गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.